अपडेट 
२०८० जेष्ठ ९, मंगलवार ०६:४५

प्रादेशिक अस्पताल गौरले सेटिंगको आधारमा कुरुवा भवन निर्माणको टेण्डर निकालेको रहस्य खुलेको छ ।

जनता समाजवादी पार्टी नेपालका प्रदेश सदस्य समेत रहेका प्रादेशिक अस्पताल गौरका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शेख अनवर हासमीले मेडिकल सुप्रीटेंडेंट डाक्टर मुरारी ठाकुर र लेखापाल जीतेन्द्र यादवको मिलेमतोमा अस्पतालको कुरुवा घर निर्माण सम्बन्धी दरभाउको गोप्य टेण्डर गरेका छन् । प्रादेशिक अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्षसमेत रहेका हासमीले आफ्नो नजिकका एक व्यक्ति जसको प्रत्रिका जिल्लामा प्रकाशन हुँदैन त्यसलाई सूचना प्रकाशनको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालयमा जेठ ८ गते सूचना टास्नको पत्र पठाउँदा रहस्य बाहिरिएको छ । अस्पतालको लाखौँ लाख रकम अनियमितता गरेका हासमीमाथि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले पार्टीका कार्यकर्ताको नाताले कÞानुनी कारबाही नगरेपछि हासमीको मनोवल बढेको देखिएको छ । अस्पताल निरीक्षण गर्न मुख्यमन्त्री यादव आउँदा अस्पतालको १६ लाख अनियमितता भएको कुरा बाहिरिए पनि पार्टीको नाताले हासमीमाथि कानुनी कारबाही नगरेकोले अस्पताल जस्तो सम्वेदनशील सस्थामा भ्रस्टाचार गराउन सहयोग गरेको स्थानीयको टिप्पणी रहेको छ । हासमी अध्यक्ष बनेपछि अस्पतालमा अवैधानिक नियुक्ति गर्ने कार्य बढी भएको अस्पताल सञ्चालन समितिका एक सदस्यले बताएका छन् ।

सामाजिक विकास राज्यमन्त्री र मुख्यमन्त्री एउटै पार्टीको भएको नाताले अध्यक्ष हासमीले अवैध रुपमा कार्य गरेको पाइएको छ । भतीजोको विवाहमा अस्पतालको गाडीको दुरूपयोग गर्ने हासमिले भवन निर्माणमा सेटिंगको आधारमा टेण्डर गोप्य गरेर अनियमितता गर्न खोजेको स्थानीयले बताएका छन् । भवन निर्माणको गोप्य टेण्डर हासमीको नजिक बस्ने एक व्यक्तिलाई नै दिइएको बुझिएको छ । प्रादेशिक अस्पतालका स्टोर कीपर रामआश्रे मुखियाले टेंडरको विषयमा जानकारी नभएको बताएका छन् । उनले जिल्ला प्रसाशन कार्यालयमा सूचना टास्नका लागि पत्र दिएकोमा सो पठाएको बताएका छन् ।

०७९ साल जेठ ५ गतेमा प्रकाशन गरिएको सूचनाको जानकारी जेठ ८ गतेमा जिल्ला प्रशासन कार्यालयमा पठाउनु नै चलखेल रहेको पुष्टि भएको छ । बिना कमिशनको भएको कार्यको भुक्तानी दिन आना कानी गर्ने लेखापाल जीतेन्द्र यादव रौतहट जिल्ला अदालतको लेखा सम्बन्धी कारोबार गर्ने गरेको छ । निबेदन दस्तुर १० रुपैयाँ लाग्ने भए पनि रौतहट जिल्ला अदालतमा लेखा फाटमा थप १० रुपैयाँ लिएर रसिद काटने गरेको कुरो सामाजिक संजालमार्फत सार्वजानिक भए पनि सम्वन्धित निकायले लेखापाल यादवलाई सोही लेखा फाटको जिम्मेवारी दिइएको छ । बिना कुनै कार्यादेश जिल्ला अस्पताल गौरमा कार्य गर्ने अध्यक्ष हासमीलाई भुक्तानी गर्ने लेखापाल यादव तथा काउन्टरबाट बिना बैंक दाखिÞलाको सिधे १६ लाख खर्च गरेका अध्यक्ष हासमीमाथि मुख्यमन्त्री यादवले कारबाही नगर्नु भ्रस्टाचारको बढ़ावा गर्नु नै रहेको बुझिएको छ । अस्पतालका लेखापाल यादवले सीएच खबर नाम गरेको पत्रिकालाई सूचना दिएको स्वीकार गरेका छन् । रौतहटको कुनै पनि सरकारी कार्यालयमा नपुग्ने पत्रिकामा सूचना दिनु नै आम नागरिकलाई सूचना पाउनुबाट वञ्चित गर्ने उद्देश्य देखिएको हुँदा पत्रिकाको विषयमा गहन रुपमा छानबिन गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News