२०८० जेष्ठ १०, बुधबार १८:४०

प्रादेशिक अस्पताल गौरले कुरुवा घर निर्माणको टेण्डर गोप्य गरेको भनी सामाजिक संजालमा सार्वजानिक भएको ३ घण्टा पछि सोमबार बेलुकी प्रादेशिक अस्पताल गौरको नामबाट सामाजिक संजाल फेसबुकमा रहेको आईडीबाट सुचना अपलोड गरिएको छ ।

मधेश प्रदेश सरकारको सामाजिक विकास मंत्रालयको आर्थिक सहयोगमा निर्माण हुने २० लाखको लागतको कुरुवा घरको टेण्डर अस्पताल प्रशासनले सेटिंगमा गोप्य टेण्डर गरेको समाचार सार्वजानिक भए पछि अस्पतालले जेष्ठ ५ गते निकालेको टेण्डरको सुचना जेष्ठ ८ गते बेलुकी करीव ७ बजेको समयमा चौथो दिनमा सार्वजानिक गरेको हो ।

जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकारको भागमा परेको मंत्रालयले पार्टीका कार्यकर्त्ता मोहमद अनवर हासमीलाइ अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष बनाए पछि जिल्ला अस्पतालमा आर्थिक अनियमितता बढेको छ ।

विकास समितिका अध्यक्ष हासमी , मेडिकल सुप्रीटेंडेंट डाक्टर मुरारी ठाकुर र प्रशासन प्रमुखको मिलोमातोमा १२ लाख ९५ हजार ४४९ रुपैया १३ पैसा भ्याट बाहेकको सुचना नियमित रुपमा रौतहटबाट प्रकाशित नहुने एक स्थानीय पत्रिकामा गोप्य गर्ने उदेश्यले दिएको सुचना जेष्ठ ८ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा सुचना टॉसको लागि पत्र पठाउदा सो कुरा बाहिरिएको थियो ।

अस्पतालले भवन निर्माणको टेण्डर गोप्य गर्यो भनी आलोचना हुन लाग्दा रातिको समयमा प्रादेशिक अस्पताल गौरको नाउमा सञ्चालन रहेको आईडीबाट अपलोड भएपछि गोप्य गर्ने योजना असफल भएको हो ।

प्रादेशिक अस्पतालका प्रमुख डाक्टर ठाकुरले गोप्य गर्ने नियत नरहेको बताउँदै प्राविधिकको कमजोरीको कारण सामाजिक संजाल तथा अस्पतालको सुचना पाटीमाँ सुचना टॉस गर्न ढिलो भएको प्रतिक्रिया दिएका छन ।

प्रदेश सरकारका सामाजिक विकास मंत्रालयले २० लाख रकम छुट्याए पनि २० प्रतिशत रकम कट्टा गरेर १६ लाख बजेट पठाएको उहाले जानकारी दिएका छन । उनले भने १६ लाख बजेट रहेको र १५ लाख भन्दा बढ़ी प्राविधिक मूल्याङ्कन घर निर्माणको गरिएको छ ।

टेण्डर गोप्य गर्ने नियत नरहेको भन्दै डाक्टर ठाकुरले सुचना समयमा सार्वजानिक गर्न निर्देशन दिए पनि केहि दिन ढिलो भएको स्वीकार्य गरेका छन । प्रादेशिक अस्पताल गौर सुचना प्रकाशन गर्न जिम्मा दिएको पत्रिका जिल्ला प्रसाशन कार्यालय रौतहटमा २०७९ आषाढ़ २ गतेमा दर्ता भएको देखिन्छन ।

मेडिकल सुप्रीटेंडेंट ठाकुरको भनाइ अनुसार अग्रिम मूल्य अभिबृद्धि कर बाहेक १२ लाख ९५ हजार ४४९ रुपैया १३ पैसाको टेण्डर गरिएको छ भ्याट १ लाख ६८ हजार ४०८ रुपैया ३७ गरी जम्मा १४ लाख ६३ हजार ८५७ रुपैया देखिएको छ ! १६ लाख बजेटमा तोकिएको मूल्यमा बेलपत्र कबूल भए १ लाख ३६ हजार १ सय ४३ रुपैया बढ़ी हुने छन ।

टेण्डरबाट बढ़ी भएको रकम पुनः कोटेशन मार्फत खर्च गर्ने सोच अस्पताल प्रसाशनको रहेको बुझिएको छ ।

जनता समाजवादी पार्टी नेपालले पार्टीका प्रदेश कमिटी सदस्य हासमीलाइ २०७९ भाद्रमा विकास समितिका अध्यक्षमा नियुक्ति गरेपछि हासमीले टिकट काउंटरमा आफ्नो नजिकको व्यक्ति राखेर २०७९ मसिर १५गते देखि २०७९ फाल्गुन १५ सम्म विभिन्न सेवाग्राहीबाट संकलन भएको २९ लाख रुपैया मध्ये १९ लाख रुपैया बैंक दाखिला नगरी सोझै निजी रकम जस्तै खर्च गरेको थियो ।

अस्पतालको टिकट काउंटरबाट अबैध रुपमा १९ लाख रकम खर्च गरेको भनी सार्वजानिक भएपछि सामाजिक विकास मंत्रालयले २०७९ फाल्गुन २१ गतेमा रकम बैंक दाखिला गर्न प्रादेशिक अस्पताल गौरको नाउमा चलानी नम्बर ९३९ को पत्र पठाएको थियो !

रेफरल अस्पतालको रुपमा परिचित भएका गौर अस्पताललाइ सुधारमा ल्याउन मिहनेत गरेका डाक्टर कृष्णा साहलाइ नेकपा एमालेका नेता संग मिलेर सरुवा गराउन अस्पतालको गाडी लिएर काठमांडू ,जनकपुर दौड़ धुप गरेका अनवर हासमीले आफ्नो पक्षमा काम गर्ने मेसु र लेखपाल ल्याएको स्थानीयले बताएका छन ।

समाचार स्रोतका अनुसार कृष्णा साह को पालामा बिना कुनै समझौता ,कार्यादेशको अस्पतालमा लगाएको मार्बल टायल्सको भुक्तानी गर्न दबाव दीदा डाक्टर साह अस्वीकार्य गरेपछि उहाको सरुवा गराउने खेल गरेको थियो ।

गौरमा रहेका व्यवसायी भरत गोयल संग १६ लाखको टायल्स ल्याएका अध्यक्ष हासमीले केहि टायल्स आफ्नो निजी प्रयोग गरेको बुझिएको छ ।
लेखपाल जीतेन्द्र यादवले काउंटरबाट सोझै खर्च गरिएको रकम बैंक दाखिला भएको जानकारी दिएका छन । अस्पतालमा मॉनोपोली ढंगले पार्टीको धाक देखाएर काम गर्ने अध्यक्ष हासमीलाइ हटाउन स्थानीयहरुले सम्वन्धित निकाय संग मांग समेत गरेका छन भने उहाको अवधीमा संकलन भएको राजश्वको सम्वन्धमा छानविन गर्न समेत मांग गरेका छन ।

Comment


Related News

Latest News

Trending News