अपडेट 
२०८० जेष्ठ १३, शनिबार १४:५७

संसद्मा पशुपतिनाथको जलहरीका विषयमा उठेको विषयमा शीर्ष दलका शीर्ष नेताहरूबीच सहमति भएको छ । तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको हो ।

पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादको विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्वोधन गर्ने सहमति भएको छ ।

सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए ।

“सरकारको काम बजेट छुट्याइदिने मात्रै हो । भ्रम सिर्जना हुने गरी आधारहीन अभिव्यक्ति दिनु गलत भएको भनेर संसदमा संबोधन गर्नुहुन्छ । यसबारेमा आरोप लगाउनुभएका माननीयको अभिव्यक्ति रेकर्डबाट हटाइने सहमति भएको छ,” उनले भने ।

संसदको बैठक आज दिउँसो ४ बजे बस्दै छ ।

Comment


Related News

Latest News

Trending News