अपडेट 
२०८० जेष्ठ १४, आईतवार १३:०६

सरकारले रेशमलाल चौधरीको सजाय माफी मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीको निवेदन र राष्ट्रपति कार्यालयले सोधेका केहि बिषयहरुलाई सम्बोधन सहित सजाय माफी मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा, सीमा, लगाएतका बिषयमा छलफल भएको र सोमबारको मन्त्रीपरिषद् बैठकले थप निर्णय गर्ने उहाले जानकारी दिनुभयो ।

त्यस्तै शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयबारे जानकारी दिर्दै उहाले भारतमा हुने विमेस्टेक व्यापार सम्बन्धी सम्मेलनमा भाग लिन उद्योग मन्त्रीको टोलीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले बिमेस्टकको भविष्यको कार्यदिशाका लागि प्रवुद्ध व्यक्तिहरुको समूहमा नेपालको तर्फबाट पूर्व परराष्ट्रसचिव दुर्गा भट्टराई मनोनयन गरि पठाउने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो ।

त्यस्तै बैठकले केन्यामा आयोजना हुने राष्ट्रसंघको एक कार्यक्रममा सहभागी जनाउन शहरी बिकास मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको उहाले बताउनुभयो ।

 

Comment


Related News

Latest News

Trending News