अपडेट 
२०८० जेष्ठ १४, आईतवार १३:४७

कोसी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीले प्रदेससभा सचिवालयनजिकै प्रदर्शन सुरु गरेका छन् । यसक्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ ।

देवकोटा चोकमा भेला भएका आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन सुरु गरेका हुन् । उनीहरूलाई सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहरा हानी रोकेको छ । झडपका क्रममा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् ।

गत फागुन १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । आज कोसी प्रदेसको बजेट अधिवेशन सुरु हुँदै छ ।

Comment


Related News

Latest News

Trending News