२०८० जेष्ठ १५, सोमबार ०८:०१

जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोककी २२ वर्षीया आरती कुमारी साह मृत्यु प्रकरणमा माइती पक्षले अस्पतालको मेडिकल रिपोर्टमाथि शंका गरेको छ ।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनीहरुले रिपोर्टमाथि शंका व्यक्त गरेको छ । यही जेठ ७ गते आरतीको ससुरा पक्षले हत्या गरेको माइती पक्षको आरोप छ । अस्पतालले रिपोर्टमा यकिन साथ घटनाको विवरण उल्लेख नगरिएको मृतक आरतीको मामा संतोष साहले जानकारी दिए । उनकाअनुसार आरतीको शरिरमा देखिएको डामहरुबारे स्पष्ट रुपमा खुलाइएको छैन् । प्रादेशिक अस्पताल जनकपुरधामले उनको पोस्टमार्टम गरेका थिए । पोस्टमार्टममा कुनै विशेषज्ञले नभइ नयाँ सिकारु मान्छेले गरेको उनको जिकिर छ । उनीहरुले प्रहरीको अनुसन्धानमाथि समेत शंका गरे । ‘हामीले चार जनाविरुद्ध किटानी जाहेरी दिन पुग्यौँ । तर प्रहरीले मानेन् अन्ततः आरतीको श्रीमान र ससुरा विरुद्ध मात्रै किटानी दर्ता गरिएको छ,’संतोषले भने, ‘शुरुमा प्रहरीले कर्तव्य ज्यानको मुद्दा नभइ आत्महत्या दुरुत्साहन मुद्दा दिन दबाब दिएका थिए ।’ यस्तै, धनुषाका प्रहरी निरीक्षक दिनेश घिमिरेले गम्भीर प्रकृतिको मुद्दामासमेत लापरबाही गरेको उनीहरुको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाले पारिवारलाई दिएको सदगत पत्रमा सुन्दर यादवको शव जिम्मा बुझाइएको उल्लेख छ । प्रहरीको यस्तै लापरबाहीका कारण आफूहरुलाई प्रहरीको अनुसन्धानमाथि शंका लागिरहेको उनले बताए । उनीहरुले सत्यतथ्य छानबिन हुनुपर्ने र मेडिकल रिपोर्ट पुनः विशेषज्ञबाट चेकजाँच हुनुपर्ने र चारै जनामाथि मुद्दा दर्ता गर्नुपर्ने माग गरेका छन् । नगराइन नगरपालिका–८ खिरखिरियाका विनोद प्रसाद साहको २२ वर्षीया छोरी आरतीकुमारी साहको हत्या उनका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासु रेणु देवी साह र देवर रवि साह मिलेर हत्या गरेको माइती पक्षको आरोप छ । आरतीको विवाह दुई वर्ष अगाडि मोतीबाबुसंग भएको थियो ।

Comment


Related News

Latest News

Trending News