अपडेट 
२०८० जेष्ठ १८, बिहीबार ०६:१९

जनकपुरधामको रामानन्द चोकमा रहेको बौआ हनुमान मन्दिरको बुधबार एक कार्यक्रमका बीच उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले शिलान्यास गरेकी छन् ।

गिनिज बुकमा नाम रहेको बौआ हनुमान मन्दिर केही दिन यता जीर्ण बनेपछि त्यो मन्दिरको जीर्णोद्वार गरिन लागेको सुन्दर सदन मन्दिरका महन्थ नवलकिशोर शरणले जानकारी दिएका छन् । कुल साढे तीन करोडको लागतमा निर्माण हुन लागेको सो मन्दिरको शिलान्यासमा हनुमान आराधना गरिएको थियो । कार्यक्रममा मन्त्री यादवले बौआ मन्दिरको निर्माणले रामायण सर्किटको अवधारणालाई टेवा पुर्याउनुका साथै हनुमानको गाथालाई देश विदेशमा पुर्याउने विश्वास व्यक्त गरेकी थिइन् । उनले मठ मन्दिरको जीर्णोद्वार गरी पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने र प्रदेश सरकारको योजना पनि यस्तै रहेको बताइन् ।

बौआ हनुमान मन्दिरको थ्रिडि नक्सा डिजाइन सार्वजनिक समेत भइसकेको छ । सो मन्दिर निर्माणमा प्रदेश सरकारको तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धतसमेत मन्त्री यादवले व्यक्त गरिन् । सो अवसरमा सुन्दर सदनका महन्थ नवलकिशोरले मन्दिरको गर्भगृह तीन महिना भित्र निर्माण भइसक्ने जानकारी दिएका थिए । उनले बौआ हनुमान मन्दिर फेरि धार्मिक आस्थाको केन्द्र बन्ने विश्वाससोत व्यक्त गरेका थिए ।

Comment


Related News