अपडेट 
२०८० जेष्ठ १८, बिहीबार ०६:२९

उपराष्ट्रपति रामसहायप्रसाद यादवले चन्देश्वर सदालाई वातावरण तथा जलवायु परिवर्तन विज्ञ पदमा नियुक्त गरेका छन् ।

बुधबार उपराष्ट्रपतिको कार्यालयद्वारा जारी सूचनामा राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७४ को दफा १४ बमोजिम उपराष्ट्रपतिलाई परामर्श दिन सदालाई वातावरण तथा जलवायु विज्ञमा परिवर्तन विज्ञमा नियुक्त गरिएको जनाइएको छ । सूचनामा विज्ञ पदको पदीय जिम्मेवारी इमान्दारीपूर्वक वहनका लागि आग्रह गरिएको उल्लेख छ ।

Comment


Related News