अपडेट 
२०८० जेष्ठ १८, बिहीबार १३:३२

हिजो भाउ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि बढेर अहिलेसम्मकै महँगाे भएकाे छ ।

आज तोलामा ५ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको हो । यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ अझै बढ्ने सम्भावना रहेको महासंघले जनाएको छ । यसअघि गएको वैशाख २१ गते सुनको भाउ तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो तोलाको एक हजार तीन सय ९५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News