अपडेट 
२०८० जेष्ठ २१, आईतवार १५:३२

रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ । 

त्रिभुवन साहसमेतले रिट दर्ता गरेका हुन् । ७ चैत २०६३ मा भएको सो घटनामा २८ जनाको मारिएका थिए ।

रौतहटको गौरस्थित चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा निधन भएको थियो । 

Comment


Related News