अपडेट 
२०८० जेष्ठ २६, शुक्रबार ०६:३२

जनता समाजवादी पार्टी (जसपा) भित्र देखिएको विवाद मिलाउन पार्टीका अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएका छन् ।

धनुषा जिल्लाको जिल्ला अध्यक्षलगायत पार्टी भित्रको किचलो साम्य पार्नका लागि अध्यक्ष यादव जनकपुरधाम आएका पार्टी स्रोतले जानकारी दिएको छ । जिल्ला अधिवेशनबाट जिल्लाको अध्यक्षमा पशुपति यादवलाई चयन गरेपछि अर्का खेमाले शत्रुधन यादवलाई अध्यक्ष रहेको घोषणा गर्दा धनुषा जिल्लामा विवाद उत्पन्न भएको थियो । पशुपति यस भन्दा पहिला पनि पार्टीका अध्यक्ष थिए तर, उनको नेतृत्वमा स्थानीय, प्रदेश र संघको निर्वाचनमा उत्कृष्ट नतिजा आउन नसकेपछि उनलाई हटाउनुपर्ने एक पक्षको माग छ भने अर्का पक्ष पशुपति नै रहनुपर्ने अडानमा रहेका छन् । त्यस्तै,मधेश प्रदेश सरकारको सत्तापक्षले नै विरोध गर्न थालेपछि सरकारमा अन्य दलहरुलाई सहभागी गराउने तथा मन्त्रालय बाँडफाँटको सम्वन्धमा पनि पार्टीका नेताहरु संग छलफल हुने जनाइएको छ । प्रदेश सरकारमा अहिले ४ वटा मन्त्रालयमा विना विभागीय मन्त्री छन् । उनीहरुको पनि व्यवस्थापन सम्वन्धमा छलफल हुने जनाइएको छ ।

Comment


Related News