अपडेट 
२०८० जेष्ठ २६, शुक्रबार १८:०७

जनकपुरधाम उपमहानगरपालिकाले गर्मी बढेसँगै नगरभित्रको विद्यालयमा थप ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

जेठ १९ गतेदेखि २६ गतेसम्म बिदा दिएकोमा थप ३ दिन बिदा दिने निर्णय भएको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

वर्षे बिदाबाट कट्टा हुनेगरी नगरभित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठन पाठन बन्द गरिएकोमा पुनः बुधबारदेखि कक्षा सञ्चालन हुने पाण्डेले जानकारी दिइन् ।

Comment


Related News

Latest News

Trending News