अपडेट 
२०८० जेष्ठ ३०, मंगलवार ०६:४१

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाउन मुख्यमन्त्रीको निवासमा पुगेकी उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव गेटबाटै नै फर्केकी छन् ।

पार्टीको संसदीय दलको निर्णय अनुसार सोमबार साढे ५ बजे राजीनामापत्र बुझाउन मुख्यमन्त्री यादवको निवसामा पुगेर मन्त्री यादव रितै हात फर्केकी छन् । गत जेठ ९ गते नै नेकपा माओवादी केन्द्रको प्रदेशका संसदीय दलले सरकार छोडने निर्णय गरेको थियो । दलले निर्णय गरे पनि मन्त्रीहरुले राजीनामा दिएका थिएन । सोमबार नै संसदीय दलका नेता भरत प्रसाद साहले राजीनामापत्र बुझाउन निर्देशन दिएपछि मन्त्री यादवले राजीनामापत्र लिएर मुख्यमन्त्री निवास पुगेकी थिइन । तर मुख्यमन्त्री यादव गृह जिल्ला बारामा रहेको र सोमबार आउने नसक्ने भनेपछि उनी निवास फर्केकी थिइन । दलका नेता साहले पनि मुख्यमन्त्री यादव जनकपुर वाहिर रहेकोले मंगलबार विहान आफ् ना मन्त्रीले राजीनामापत्र बुझाउने बताए । प्रदेश सरकारमा माओवादी केन्द्रबााट उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव र राज्य मन्त्रीमा रहबर अन्सारी रहेका छन् । सहमति अनुसार मुख्यमन्त्रीले थप एक मन्त्रालय नदिएपछि माओवादी केन्द्र सरकार छोडन लागेको छ ।

Comment


Related News

Latest News

Trending News