अपडेट 
२०८० जेष्ठ ३२, बिहीबार १६:०७

वार्षिक ४० लाख रुपैयाँ भन्दा बढी आय गरेपनि कम कर तिर्ने करदातामाथि कर कार्यालयहरूले निगरानी बढाउने भएको छ ।

आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालयहरू र करदाता सेवा कार्यालयलाई पत्र लेखी वार्षिक ४० लाख वा सो भन्दा बढी आय भए पनि न्यून अग्रिम कर कट्टी गर्नेहरूमाथि निगरानी बढाउन निर्देशन दिएको हो ।

विभागले आईटीएस प्रणालीमा सुधार गरी ४० लाख वा सो भन्दा बढी आय भएको तर आय विवरण पेस नगर्ने करदाताको पहिचान गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ । यस्तो विवरण हेर्दा कतिपय करदाताले ४० लाख रुपैयाँ भन्दा बढीको आय भए पनि अग्रिम कर कट्टी न्यून गरेको भेटिएको पाइएको छ ।

कार्यालयहरूले अब यी करदाताले आयकर दाखिला गरे/नगरेको, विवरण दिए नदिएको लगायत सबै विवरण चेक, जाँच परीक्षण गरी सो को प्रगति विवरण विभागमा बुझाउनु पर्ने भएको छ ।

Comment


Related News

Latest News

Trending News