अपडेट 
२०८० असार १, शुक्रबार ०७:५०

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतो आफूखुशी बहुमत सदस्यलाई उपेक्षा गरी कानुन विपरीत पालिका संचालन गर्न खोजेको भन्दै स्थानीयहरूले विरोध प्रदर्शन गरेका छन् ।

पालिका अध्यक्ष महतोले मनोमानी ढंगले एकलौटी रुपमा निर्णयहरु गर्दै आएको भन्दै बिहीबार आठ वटा राजनीतिक दलका जनप्रतिनिधि लगायत स्थानीयवासीहरु चन्द्रनगर गापा स्थित नाढीमन ताल नजिक गापा अध्यक्ष महतोको विरूद्धमा जनसभाको आयोजना गरेका थिए । सयौंको संख्यामा विभिन्न वडाबाट आएका महिला तथा पुरुषहरु गाउँपालिका अन्तर्गतका विभिन्न वडाको परिक्रमा गर्दै गापाको कार्यालय अगाडि पुगेर नाराबाजी गर्दै नाढी ताल नजिक पुगेर कोणसभाको आयोजना गरेका थिए। अध्यक्ष विरुद्ध उत्रिएका ८ राजनीतिक दलहरु पानी नै नभएको सुख्खा नाढीमन तालमा ५० लाख भन्दा बढी बजेट विनियोजन गरी नाढी ताल महोत्सव गर्न लागेको भन्दै महोत्सव तत्काल बन्द गर्न, प्रधानमन्त्री स्वरोजगर कार्यक्रमको लागि आएको पैसा फ्रिज नगर्न, बालबालिकाको पैसा बालबालिकाको खातामा जम्मा गर्न लगायतका मागहरु राखेर स्थानीय जनताहरू आन्दोलनमा उत्रेका छन् ।

चन्द्रनगर गाउँपालिकाका वडा न १ र २ बाहेक अन्य ५ वटा वडाका वडा अध्यक्षहरु गापा अध्यक्ष महतोको विरोधमा आन्दोलन थालेका छन् । आफूहरुको माग सम्बोधन नभए असार २ गतेदेखि कार्यालयको मुख्य गेट अगाडि आमरण अनसन बस्ने स्थानीयहरूले चेतावनीसमेत दिएका छन् ।

Comment


Related News

Latest News

Trending News