अपडेट 
२०८० असार १, शुक्रबार ०७:५९

जनकपुरधाम उपमहानगरपालिका २ स्थित भानु चोक कि रमेश चोकको विवाद सेलाएको छ । विवादकै बीच कवि भानुभक्तको शालिक निर्माण गर्न शिलान्यस गरिए पनि काम अगाडि बढाइएको छैन् ।

डेढ महिनादेखि त्यहाँ चौबाटोको बीचमा खनिएको खोल्डो सोही अवस्थामा छन् । सरोकार बला निकायले न काम अगाडि बढाएका छन् न खाल्डो पुर्ने काम गरेका छन् । जसले गर्दा सवारी दुर्घटना हुन सक्ने जोखिम रहेको छ । गत बैशाख १५ गते नगर प्रमुख मनोज साहले विवादकै बीच कवि भानुभक्तको शालिक निर्माणका लागि शिलान्यस गरेका थिए । तर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) निकट युवा÷विद्यार्थी संघले विरोध गरेका थिए ।

जसपा र लोसपाले मधेश आन्दोलनका शहीद रमेश महतोको शालिक निर्माण हुनुपर्ने माग गर्दै आएका छन् । नगर प्रमुख साहले सर्व दलीय बैठक बसेर तत्काल काम सुरु गर्ने त्यती बेला बताएका थिए । तर अव नगर प्रमुख साहले वेवास्ता गरेको देखिन्छ । यस विषयमा नगर प्रमुख साहले जुन समाजले बजेट माग ग¥यो त्यही समाजले रुची नदेखाएको बताए । उपभोक्ता समितिले पनि एक किस्ता कुल बजेटको ३० प्रतिशत रकम लिएर राजीनामा दिएको उनले जानकारी दिए । ‘जसले ज्ञापनपत्र बुझाएर बजेट माग ग¥यो । उसैले काम गराउने रुचि देखाएका छैनन्,’उनले भने,‘ उनीहरुले पालिकालाई नै बदनाम गर्नेतर्फ लागेका छन् ।’ अव समस्या कसरी समाधान हुन्छ भन्ने प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन् । प्राविधिक कुरा कर्मचारीसँग बुझ्नु पर्ने उनले बताए । ‘अहिले केही भन्न सकिदैन् । खोल्डो पुर्ने कि स्मारक बनाउने विषयमा अव यस आर्थिक वर्षमा सम्भव देखिदैनन,’उनले भने,‘किनभने उपभोक्ता समितिको राजीनामा स्बीकृत गरेर असुल उपर गर्न समय लाग्छ । त्यति बेलासम्म असार आइपुगेको हुन्छ, हामी असारे विकासमा रोक लगाएका छौं ।’

लोसपाका युवा नेता प्रसान्त झाले शहीद रमेश महतो बाहेकको शालिक कुनै पनि हालतमा बन्न नदिने बताउँछन् । जनताको मर्म अनुसार त्यो नाम आएको उनको भनाइ छ । मधेश आन्दोलनको प्रथम शहीदलाई उपेक्षा गर्नु अन्याय सरह हुने बताए ।

Comment


Related News

Latest News

Trending News