अपडेट 
२०८० असार १, शुक्रबार १८:३३

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज शुक्रवार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका कार्कीले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिनुभएको हो । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्की आउँदो साउन २० गते सेवानिवृत्त हुनुहुने छ । कार्की २०७३ सालको साउन १७ गते सर्वोच्चको न्यायाधीश बन्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News