अपडेट 
२०८० असार २, शनिबार १३:५५

नेपाल विद्यालय कर्मचारी परिषदले सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्ने भएको छ । परिषद्ले भोलिदेखि विद्यालय बन्द गर्न लागेको हो ।

विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई पत्राचार गरेका थिए।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै केही समय देखी आन्दोलन गर्दै आइरहेको छ । 

आन्दोलनकारी शिक्षकका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरू सम्पन्न भइसक्दा समेत आफ्नो मागप्रति सरकार गम्भीर नभएको तथा आन्दोलनका क्रममा उल्टै प्रहरी दमन गरेपछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।

आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको सेवा सुविधाका विषय  सम्बोधन गरे पनि बजेट वक्तव्यमा भने उक्त विषय छुटाए पछि परिषद् आन्दोलनमा उत्रिएको हो ।

 

 

Comment


Related News

Latest News

Trending News