अपडेट 
२०८० असार ३, आईतवार १४:१९

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको घोषणा भोलि हुने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो ।

कार्यदलस्तरमा घोषणापत्र तयार भएसँगै भोलि दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा औपचारिक रुपमा मोर्चाको घोषणा गरिने बताइएको छ ।

मोर्चाको नेतृत्व आलोपालो गर्ने नेताहरूबीच सहमति भएको छ । यस्तै, आवश्यकताका आधारमा तल्लो तहसम्म मोर्चाको संरचना बनाउन नेताहरु सहमत भएका छन् ।

Comment


Related News

Latest News

Trending News