अपडेट 
२०८० असार ४, सोमबार ११:४६

सर्लाहीको चक्रघट्टा गाउँपालिकाको १२ औं गाउँसभाको उद्घघाटन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय , निति तथा कार्यक्रमहरु सार्वजनिक गर्दै गाउँसभाको उद्घघाटन सम्पन्न भएको हो ।

सभाको आइतवार मधेस प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । आ.व. २०८०/८१ को अनुमानित आय व्यय , निति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै गापा अध्यक्ष कृष्णा कुमार यादवले सबै जनप्रतिनिधि एवम् कर्मचारीहरूलाई विकास निर्माणका कामलाई जनचाहना अनुरुप इमानदारीता पुर्वक सम्पन्न गर्नका लागि आग्रह गरेका थिए। आ।व २०८०/०८१ को लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार विकास निर्माणमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको उनले जानकारी गराए।

आ।व २०८०/०८१ को लागि गाउँपालिकाको कुल बजेट ३५ करोड ६४ लाख ३६ हजार रुपैयाँ अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले जानकारी गराएका छन् ।

विशिष्ट अतिथि गापा उपाध्यक्ष मिना देवी राय, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित पालिकाका ९ वटै वडाका वडा अध्यक्ष, कार्य पालिकाका सदस्यहरु कर्मचारीहरु,पत्रकार लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comment


Related News

Latest News

Trending News