अपडेट 
२०८० असार ७, बिहीबार १६:२३

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारले गठबन्धन दलसँग छलफल नै नगरी बजेट ल्याएको आरोप गरेका छन्।

पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बजेट न्यायचित नभएकाले यथास्थितीमा पारित हुन सक्ने बताए।

उनले भने, ‘बजेटले मधेशसहितका ठाउँहरुलाई उपेक्षा गरेको छ। हामीले सुर्धान, सच्चाउनुपर्छ भनेका छौं। सच्चिएर अगाडि बढ्छ।’

यादवले समाजवादी मोर्चामा भएको जुनसुकै दलबीच पार्टी एकता हुनसक्ने समेत बताएका छन्।

उनले सबै दलबीच एकता हुने कुरामा सत्यता नभएको जिकिर गरे।

उनले भने, ‘यो मोर्चामा भएको कुनै दल अर्को कुनैसँग एकता हुनसक्छ। तर, यो मोर्चा नै एउटै पार्टी बन्छ भन्ने आँकलन कसैकसैले गरेका छन्। त्यो गलत हो। पार्टीहरूको अलग अलग अस्तित्व रहन्छन्। घोषित साझा विषयमा सहकार्य हुन्छ। बाँकी पार्टी स्वतन्त्र रूपले आफ्नो काम गर्छ।’

Comment


Related News

Latest News

Trending News