अपडेट 
२०८० असार ८, शुक्रबार ११:१०

सुनचाँदीको भाउ आज शुक्रवार पनि घटेको छ ।

आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख नाै हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो बिहीवार तोलामा पाँच सय र अस्ति बुधवार आठ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News