अपडेट 
२०८० असार ९, शनिबार ०८:३०

प्रतिनिधि सभाका सांसद महन्थ ठाकुरले मधेश अपहेलित, उपेक्षित र दयनीय अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विभिन्न मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उनले मधेशको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति संवेदनशील बन्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले भने,“सीता, जनक र गौतम बुद्धको जन्मभूमि मधेश आज अपहेलित, उपेक्षित र दयनीय अवस्थामा छ । बेरोजगारीका कारण युवाहरू विदेशिन बाध्य छन् ।” उनले नागरिकताको विषय, लोकतान्त्रिक मधेश आन्दोलन र सीमा विवादका विषयमासमेत सरकारको ध्यानाकर्षण गराए । छलफलका क्रममा सांसद प्रदीप यादवले देशभरका कारागारको अवस्था सुधार गर्नुपर्ने बताए । “सरकारको नीतिविपरीत कारागारहरू सुधार गृहजस्ता छैनन्, यातना गृहजस्ता छन्”, उनले भने । उनले वीरगञ्जको कारागार जीर्ण अवस्थामा रहेको भन्दै तत्काल सुधार र व्यवस्थापनका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षणसमेत गराए । उनले सीमामा नेपाली सुरक्षाकर्मीको उपस्थितिबारे समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।

Comment


Related News

Latest News

Trending News