अपडेट 
२०८० असार ११, सोमबार ०७:२०

धनुषाको नगराईन नगरपालिकाले आर्थिक २०८०/०८१ का लागि ५४ करोडभन्दा बढी रकमको बजेट ल्याएको छ । संवैधानिक व्यवस्था अनुसार असार १० गते आइतवार १० औं नगर सभामो नगरपालिकाका मेयर विनयकुमार यादवले ५४ करोड ६८ लाख ७५ हजार ७०० रुपैया बराबरको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगर सभामा प्रस्तुत गरिएको सो बजेट कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताएका छन् । बजेटको आयश्रोत संघीय सरकारबाट अनुदानबाट ३० करोड ६७ लाख, संघको राजश्व बाँडफाँडबाट ८ करोड ८६ लाख ५१ हजार २००, प्रदेश सरकारबाट अनुदानबाट १ करोड ८३ लाख ३७ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ४५ लाख, आन्तरिक श्रोतबाट १ करोड ८६ लाख ८७ हजार ५०० र गतवर्षको मौज्दात ११ करोड रहेको प्रस्तुत बजेटमा उल्लेख छ ।

संघीय र प्रदेश सरकारको अनुदान रकम खर्च सहित वडास्तरीय कार्य तथा प्रशासनिक खर्च, नगरस्तरीय कार्य संचालन, विपद व्यवस्थापन कोष, महिला तथा बालबालिका न्याययिक समिति, रोजगार शाखा, खानेपानी तथा सरसफाई आईटी रोजगार शाखा, जनप्रतिनिधि उपचार खर्च, कर्मचारीहरुको तलब, सिसिटीभी जडान, टावरलाईट, स्वागत गेट निर्माण वडा कार्यालयहरुमा कम्प्यूटर जडान र कृषि सडकलाई रकम छुटयाइएको अधिकृत कर्णले जानकारी दिए ।

नीति तथा कार्यक्रममा आवधिक योजना र नगरस्तरीय गुरु योजना अनुरुप भौतिक पूर्वाधार निर्माण तथा सडक सँजालका कार्यक्रमहरु क्रमशः संचालन गर्दै जाने, एकीकृत शहरी विकास कार्यक्रमका लागि पहल गर्ने, यातायाततर्फ ‘यातायात सुविधा नगरवासीको दिनचरियामा सहजता’, खानेपानीतर्फ ‘जलश्रोत संरक्षण अभियान, मानव जीवनको पहिचान’ भवन तथा वस्ती विकासतर्फ ‘भवन निर्माण, व्यवस्थित नगर हाम्रो अभियान र संस्कृति तथा पर्यटन प्रवद्र्धन तर्फ ‘ अतिथिको सत्कार नगराईन नगरपालिकाको संस्कार’ लगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिने भनिएको छ ।

गरीबी निवारणका लागि लघुउद्याम विकास, उद्योग वाणिज्य तथा बजार व्यवस्थापन, स्वास्थ्य बिमा निशुल्क उपचार, आधुनिक स्वास्थ्य चेकजाँच प्रयोगशाला निर्माण, दुव्र्यसनमुक्त नगरपालिका, रोजगारका लागि सीपमूलक तालिमको व्यवस्था, वन वातावरण तथा विपद्व्यवस्थापन, भूमि व्यवस्थापनका लागि भूमि बैंकको स्थापना गरिने लगायतका नीति लिइएको मेयर यादवले बताए ।

Comment


Related News

Latest News

Trending News