अपडेट 
२०८० असार ११, सोमबार ०७:३३

परोहा नगरपालिकाको ७ औ नगर अधिवेशन सम्पन्न भएको छ । हाम्रो परोहा ,हामी बनाउछौँ भने मूल नाराका साथ परोहा नगरपालिकाले शान्तिपूर्ण वातावरणमा नगर सभा सदस्यको पूर्ण सहभागितामा नगर अधिवेशन सम्पन्न गरेको छ । नगर सभामा नगर प्रमुख शेख वकिलले नगर पालिकाको विकासमा सबै जनप्रतिनिधिहरुले स्थानीय वासीको चाहना पूरा गर्न एक साथ मिलेर अगाडि बढ्नुपर्ने जोड दिएका छन् ।

आर्थिक वर्ष ०८०/०८१ को बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख वकिलले प्रदेश सरकारको काम प्रति आक्रोशसमेत व्यक्त गरे । उनले प्रदेश सरकारले सशर्त अनुदान ,वित्तीय समानीकरणको रकम समयमा पठाउनुपर्नेमा आर्थिक मसान्तको बेला पठाएको आरोप लगाए । नगर पालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिहरु नगरवासीको चाहना अनुसार कार्य गर्न सकेन भने निर्वाचनमा जनताहरुले त्यसो परिणाम दिन सकिने भन्दै सचेतसमेत गराए । उनले भने जनताको आवश्यकतालाइ ध्यानमाँ राख्दै विकास निर्माणका कार्य गर्नु पर्दछ । जनता मालिक हुन हामीले उनको कदर र सम्मान गर्नुपर्छ बताए ।

नगर सभामा नगर प्रमुख वकिलले प्रस्तुत गरेका नीति कार्यक्रममा कक्षा १ देखि कक्षा ३ सम्म मातृभाषामा पठन पठन गराउने नया कार्यक्रम ल्याएका छन् । विद्यालय सुधार , स्वास्थ्यमा उल्लेखनीय योगदान पुर्याउने लक्ष्य लिइएको छ । कृषिलाई वैज्ञानिक ढंगबाट व्यवस्थित गर्नेमा जोड दिएको छ । नीति तथा कार्यक्रममा आर्थिक वर्ष ०८०/०८१ को लागि ४७ करोड़ ५७ लाख ३२ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । प्रस्तुत बजेट मध्ये चालुतर्पm ३१ करोड़ १७ लाख ३२ हजार ७ सय र पँुंजीगततर्पm १६ करोड़ ४० लाख खर्च गरिने अनुमान गरिएको छ । त्यस्तै,राजपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४३ करोड २१ लाख बजेट प्रस्तुत गर्दै नगर सभा सम्पन्न गरेको छ । नगर प्रमुख डाक्टर मोहमद राजिक आलमले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चालुतर्पm २७ करोड़ ९३ लाख र पुँजीगत तरफ १४ करोड़ ७८ लाख रकम विनियोजन गरेको छ ।

असार १० गतेसम्म स्थानीय तहले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नुपर्ने रहेको कÞानुनी प्रावधान अनुसार रौतहटमा रहेका १८ स्थानीय तह मध्ये राजदेवी नगर पालिका , गौर नगरपालिका , इशनाथ नगर पालिका , राजपुर नगरपालिका , परोहा नगरपालिका , बौधिमाइ नगरपालिका , मौलापुर नगरपालिका , गुजरा नगरपालिका ,चन्द्रपुर नगरपालिका , गरुडा नगरपालिका , वृन्दावन नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । नगर सभा गरिरहँदा राजपुर नगरपालिका , परोहा नगरपालिका , मौलापुर नगरपालिका ,गरुडा नगरपालिका र वृन्दावन नगरपालिकामा असन्तुष्ट जनप्रतिनिधिहरुले विरोध प्रदर्शनसमेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News