अपडेट 
२०८० असार ११, सोमबार ०७:३७

मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा नेपाली कां्रग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले पार्टीै भित्रको गुट उपगुट र अन्तर्घातले सिंगो पार्टी नै कमजोर हुने भन्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।

सप्तरीको सप्तकोशी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाको क्रमश नगर र गाँउ सभामा आइतबार सप्तरी पुगेका यादवले राजविराज स्थित कांग्रेसको जिल्ला पार्टी कार्यालयमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका छन् । ‘पार्टीले उठाएका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरी हराउँदा तत्काल कसैलाई आत्मसन्तुष्टि मिल्ला, उनले थपे–तर त्यसले सिंगो पार्टी नै कमजोर बन्ने भएकाले त्यसबाट सबै कार्यकर्तालाई घाटा नै हुनेमा कुनै संदेह छैन ।’ मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका यादवले प्रदेशको विकासका लागि आफ् नो मन्त्रालयले सक्दो काम गर्ने प्रतिबद्धतासमेत जनाए ।

कार्यकर्ता भेलामा कांग्रेसका जिल्ला सभापति रामदेव साह,, उपसभापति राम कुमार यादव,सचिव सनद मण्डल, मधेश प्रदेशका सह–महामन्त्री विन्दु कुमारी यादव, जिल्ला सदस्य राम कुमार साह, नेपाल ट्रेड युनियन कांग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डल, नेविसंघका जिल्ला अध्यक्ष राकेश ठाकुर लगायतका स्थानीय नेता र कार्यकर्ता सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News