अपडेट 
२०८० असार १२, मंगलवार ०८:०९

क्षीरेश्वरनाथ नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को लागि ६८ करोड ९२ लाख ९९ हजार विनियोजन गरेको छ । यसअघि चालु वर्षमा पालिकाले ६९ करोड ११ लाख २७ हजारको बजेट ल्याएको थियो । चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको लागि पालिकाले घटाएर बजेट विनियोजन गरेको छ ।

पालिकाले नीति तथा कार्यक्रम कार्यान्वयनको लागि नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान १२ करोड ५६ लाख, सशर्त अनुदान १६ करोड ८९ लाख, विशेष अनुदान एक करोड ५० लाख, समपूरक अनुदान ८० लाख र राजश्व बाँडफाँट बाट ९ करोड ७४ लाख ७७ हजार प्राप्त गर्नेछन् । यस्तै,मधेश प्रदेश सरकार वित्तीय समानीकरणबाट ९२ लाख ७२ हजार, सशर्त अनुदान १ करोड, विशेष अनुदान ३० लाख र राजश्व वाँडफाँटबाट ७० लाख पाउने अनुमान गरिएको छ ।

पालिकाको आन्तरिक आय तीन करोड १० लाख, गत मौज्दात सात करोड, सडक बोर्ड नेपालको २५ लाख, युनिसेफको कार्यक्रम १० लाख, सामाजिक सुरक्षा ११ करोड ३२ लाख ५० हजार रहेको छ । यस्तै,प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको लागि १ करोड ५० लाख, मालपोत कार्यालयबाट ६८ लाख गरी कुल ६८ करोड ९२ लाख ९९ हजार आयको अनुमान नगर प्रमुख सुखदेव यादवले पेश गरेका छन् । प्रस्तुत गरिएको बजेटमा नीति तथा कार्यक्रममा कृषकसँग मेयर कार्यक्रम संचालन गर्न कृषकहरुको समस्या र समस्याको समाधान खोज्ने नीति लागु गरिने र सिँचाइ सम्बन्धी नगर क्षेत्रभित्र इनार, स्यालो ट्युवेल, डिप ट्युवेल, मोटर, दमकल जस्ता सिँचाइका अन्य उपकरणहरु वितरण गरिने जस्ता कार्यक्रमहरु ल्याउने कार्यक्रमहरु उल्लेख गरिएको छ ।

कृषि क्षेत्रको उत्पादन बढाइ कृषकका जीवनस्तर बढाउन नगरस्तरीय कृषि नीति, र सहकारी सम्बन्धी नीति निर्माण गर्ने र कार्यन्वयन गरिने, महिनामा एक पटक ’जनतासँग जनप्रतिनिधि’ कार्यक्रमको व्यवस्था मिलाइ प्रत्येक महिना वडामा गइ जनप्रतीनिधिले जनतासँग प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाइने छ । त्यसैगरी,मृगौला, मुटु, कलेजो, क्यान्सर, स्पाइनल ईन्जुरी, मेनेन्जाइटिस, पक्षघात जस्ता घातक रोग लागेको बिरामीहरुलाई दिइदै आएको सहयोग दश हजार आगामी आर्थिक वर्षमासमेत निरन्तरता दिइएको छ । “आधारभूत शिक्षाबाट कोही बञ्चित नरहुन“ भन्ने नारालाई सार्थक बनाउन सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारलाई अभियानका रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ ।

Comment


Related News

Latest News

Trending News