अपडेट 
२०८० असार १२, मंगलवार १८:५९

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन पाचै बर्ष चल्ने दावी गर्नुभएको छ ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौमा आयोजना गरेको समाज सेवा र शान्ति विषयक विचार गोष्ठीमा निधिले मुलुकको प्रणालीलाई सफल कार्यान्वयन गर्नका लागि पनि वर्तमान गठबन्धन पाँच बर्ष नै चल्ने भन्दै कुनै भ्रममा नपर्न सुझाव दिनुभयो । उहाले कुनै हालतमा गठबन्धन नटुट्ने समेत स्पष्ट पार्नुभयो । निधिले पाँच बर्ष संगै हिडेपनि ८४ को निर्वाचनमा भने कांग्रेस एक्लै लड्नुपर्ने र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताउनुभयो । उहाले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागतका गर्नका लागि सवैले ध्यान केन्द्रीत गर्नुपर्ने भन्दै उपलव्धीलाई संस्थागत नसके गठबन्धन, समाजवादी मोर्चा लगाएत सवै निरर्थक रहने जिकिर गर्नुभयो । निधिले उमेरको बहस गर्नुभन्दा पनि बिचारको बहस गर्दै पार्टीलाई बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिमा भोट ल्याउने तरिका परिवर्तन भएको भन्दै कांग्रेसका राम्रा कामको प्रचार भए ८४ को निर्वाचनमा चूनाव जित्न कसैसंग गठबन्धन गर्न नपर्ने बताउनुभयो ।

उहाले कांग्रेसको क्रियाशिल सदस्यता लिन चाहने सवैलाई प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

Comment


Related News

Latest News

Trending News