अपडेट 
२०८० असार १३, बुधबार ०८:२२

काश्मीरमा सम्मपन्न भएको जी २०को बैठकले आर्थिक अवसर प्रदान गर्नुका साथै भारतका अरु राज्यहरुसंग काश्मीर उपत्यकाकायुवाहरुलाई वैचारिक एकीकरणमा ठुलो योगदान पुर्याउने अवसर प्रदान गरेको छ । सन् २२को दिसंबरमा भारतले जी २०को अध्यक्षमा पाएपछि प्रधानमंत्री नरेन्द्र मोदीले मुलुकको लागी आफ्नो शक्ति प्रदर्शन गर्ने एक उत्तम समय साबित हुने धारणा व्यक्त गरेका थिए । उनले भनेका थिए ,‘भारतले गरेको जी २०को अध्यक्षपुरै वैश्विक समाजमा,सबैको समान सहभागीताको एक ठुलो उदाहरण बन्ने छ र भारतका हरेक प्रदेश र केन्द्र शासित राज्यहरुलाई वैश्विक निवेश र पर्यटनका आकर्षक ठाउको रुपमो प्रस्तुत गरिने छ । जसले गर्दा स्न २२ देखि २४को मईसम्म शान्त कश्मीरमा तेश्रो जी २०को टूरिजÞ्म वर्किंग सम्मेलनले यो क्षेत्रको पर्यटनमा ठुलो गति ल्याउनुका साथै भारत को शान्ति सुरक्षाको अवस्थालाई बहाली गर्नुको साथै वैश्विक शक्ति प्रदर्शनको लागी पनि सबैको सहभागीलाई पनि ठुलो महत्व दिईएको छ ।

जी २०को तेश्रो बैठक कश्मीरमा राखिनुको मोदी सरकारको मुख्य उदेश्य भारतलाई निडर भू–राजनीतिक रुखÞको रुपमा प्रस्तुत गर्नुका साथै जी २०को बैठकमा काश्मीर आउने अतिथिहरुलाई उपत्याकाको असाधारण पर्यटन संभावनाको साक्षी बनाउने एउटा अवसरको रुपमा पनि प्रस्तुत गरेको छ । गुजरात कच्छको रण र पश्चिम बंगाल मनमोहक सिलिगुड़ीमा फरवरी र अप्रैल महिनामा टूरिजÞ्म वर्किंग समितिको पहिलो र दोश्रो बैठकको आयोजना गरिएको थियो । तर टिडब्लुजी को तेश्रो बैठक कश्मीर आयोजना गरिनुको मुख्य लक्ष्य भारतले काश्मीर प्रतिको निडर भू–राजनीतिक रुखÞ वैश्वीक समाज समक्ष राखेको बुझन सकिन्छ । हजÞारौ स्थानिहरुको लागी यो बैठकले स्थानीय परम्ंपरा अनुसारको जस्तो कश्मीरी हैंडलूम, पश्मीना, ड्राई फ्रूट्स र पुरै विश्वमा प्रसिद्ध केसरलाई प्रदर्शित गर्ने ठुलो अवसर प्रदान गरेको छ । यो सम्मेलन कश्मीरी समाजका सबै बर्गका लागी हरित, समावेशी र पर्यावरण सापेक्ष पर्यटन विकासको लागी ठुलो वैश्विक एजेंडामासहभागीहुने अवसर पनि पर्दान गरेको छ ।

राज्यमा बहालीहुदै गएको शान्तिले पर्यटनको सम्भावना र पर्यावरण प्रति यो उपत्यकालाई अझ सम्ंवेदनशील प्रकृति (इको–सेंसिटिव नेचर) माथी विचार गर्ने अवसर प्रदान गरेको विशलेषण गर्न थािलएको छ ।साथै जी २०को तेश्रो बैठकले स्थानीय प्रशासनलाई सतत विकास लक्ष्यहरु हासिल गर्नुतर्फउन्नमुख गर्नुका साथै विश्वका सबै सर्वश्रेष्ठ पद्धतिहरु बुझने शिक्षा लागी सक्षम बनाउने आशा समेत लिइएको छ ।गरिएको छ ।

टेर्रिज्म देखि टूर्रिजÞम सम्म

कश्मीर उपत्यकालाई प्राकृतिक सुन्दरताले परिपुर्ण भएको कारण यसलाई ‘धरती को स्वर्ग’ पनि भन्ने गरिन्छ ।त्यसैले होला,३५बर्ष अगाडिसम्म चिसोमा प्रर्यटकहरुको ओइरो नै रहन्थ्यो । त्यहांका पर्यटन कार्यालयको तथ्यांक अनुसार सन् १९८८मा मात्र ७लाख पर्यटकहरु घूमनका लागी आएका थिए ।जसमा लगभग७५हजार विदेशी पर्यटकमा मात्र थिए ।तर१९८८मा कश्मीरको शान्तिमा त्यो बेला ठुलो कहाली लाग्दो अवस्था उत्पन्न भयो । पाकिस्तान र उसको जासुसी संस्था इंटर–सर्विसेजÞ इंटेलिजेंस (आइएसआई) ले हजारौ युवाहरुलाई ट्रेनिंग दिएर आतंकवादि गतिविधिमा अगाडि बढायो ।

हतियारधारी संघर्षरत धार्मिक सस्थाहरुआतंकवाद फैलाउनुका साथै सिमापारबाट पठाइएको धार्मिक मिलिटेन्टहरुले कश्मीर उपत्याकामा ठुलो संघर्ष चलाए ।पाकिस्ताले दिदै आएको मलजलमा आधारित आतंकवादले समाजका सामान्य देखि सबै काम–काजलाई बबार्द बनाउने अभियान नै चलाइयो । हजÞारौ सोझासाझाहरुको हत्या गरिनुका साथै त्यहांको अर्थव्यवस्थालाई धवस्त पारियो ।मुख्य रुपमा पर्यटनका आधारित सबै आर्थिक गतिविधि सून्यमा पुग्यो । विद्ययमान अशान्तिको कारण बढेको हिंसक अवस्थामा दिनहु बमका धमाका र गोली–बारी हुने गरेको थियो ।जसले गर्दा स्थानियहरुको आर्थिक अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको कारण स्थानियहरुको आर्थिक अवस्था कहालिलाग्दो अवस्थामा नै पगेकोले पनि आतंकवादलाई ठुलो टेवा पुग्दै गएको थियो ।

युवाहरु शिक्षा,रोजगार भन्दा पनि जुलुस,आन्दोलन, अतंकवाद र हतियार उठाउन विभिन्न आन्तवादी संगठनहरु प्रति आकर्षित हुदै गएको कारण अशान्तिले ठुलो घरजम बनायो । अमेरिका र कतिपय यूरोपीय देशहरुले आतंकवादिहरुद्वारा उत्सर्जित गम्भीर सुरक्षा चिन्ताले कश्मीरलाई यस्तो क्षेत्र बनायो,जहां उनीहरुको नागरिकहरुलाई जान रोक लगायो र समय–समयमा ट्रैवल एडवाइजÞरी समेत जारी गर्ने गरिएको थिए । मोदी सरकारले ल्याएको विभिन्न रचनात्मक योजनाहरुका साथै बहाल हुदै गएको शान्तिले गर्दा जम्मू–कश्मीर प्रशासनलेसन २०२२मा गांउहरुमा बस्न(होमस्टे) को परियोजना सुरु गरेको छ ।

यो परियोजना अन्र्तगत प्रत्येक घरका लागी ५०हजार रुपैया सरकारले विशेष सहायताको रुपमा प्रदान गर्ने प्रावधान लागू गरिएको छ । जसले गर्दा देशी–बिदेशी पर्यटकहरुको संख्यामा गुणात्मक बृद्धि भएको छ । दिसम्बर २०२२सम्ममा काश्मीरमा मात्र २सय भन्दा बढी होमस्टेहरु संचांलनमा आएका छन ।जहां घरेलू र विदेशी पर्यटकहरुलाई स्थानिय समाजिक रितिरिवाजमा स्वागत सम्मान गर्नुका साथै ग्रामीण संस्कृति, परिकार र परम्परा अनुसार आतिथ्यता प्रदान गर्ने गरिएको छ ।

पाकिस्तानको आतंकवादी प्रोपगन्डा

उपत्यकामा विदेशी निवेश फर्किनु नै त्यहाको जनताले मन पराएको शान्तिको सुनिश्चितता गर्ने प्रत्यक्ष उदाहरण पनि हो ।मोदी सरकारले लागु गरेका विभिन्न समाजिक र आर्थिक सहयोगका अभियानहरुलाई समुचित प्रयोग गर्दै शान्ति स्थापनामा स्थानीय प्रशासनले खेलेकोसफल र आशलाग्दो प्रयासले पनि त्यहाको बर्तमान अवस्थाले प्रमाणित गरेको छ ।

बहाल हुदै गएको शान्तिलाई त्यहाका जनताले मन पराउन थाले पछि पर्यटकहरुको एक आवश्यकिय गन्तव्य काश्मिर बन्दै गएको हो । मार्च २०२३मा मात्रै कश्मीरमा पहिलो पटक ५सय करोड भारतीय रुपैया बराबरको विदेशी रुपैया प्रत्यक्ष रुपमा निवेश भएको छ ।यसका साथै दुबईको कम्पनी एमारले एउटा शॉपिंग र ऑफिस कॉम्प्लेक्सको निर्माण समेत सुरु गरिसकेको छ ।यसको साथै यूनेस्को को सक्रिय सहयोगमा स्थानिय प्रशासनले राष्ट्रीय स्मार्ट सिटीजÞ मिशनको तहत श्रीनगर शहरको कायापलट अभियान पनि शुरू गरिसकेको छ ।यो निर्माण अभियानमा ३० अर्ब रुपैया खर्च गरिने रयो बर्षको अन्तिम सम्ममा निर्माण कार्य पुरा गरिसकिने लक्ष्य सरकारले लिएको छ । भारतीय सविधान सभाबाट संविधानको अस्थायी अनुच्छेद ३७० र ३५को ‘ए’हटाइए पछि कश्मीरका स्थानियले पनि आर्थिक बहालीलाई सहि र आवश्यक पहल भएको अनुभूति गर्न थालेको विश्वासहरु व्यक्त हुन थालेका छन् ।जसले गर्दा यहा आइरहेका आर्थिक लगानिले गर्दा खुशी र सुखी भविष्यको आश गर्दै स्थानियले भविष्यमा आउने आर्थिक परिवर्तन र पुनर्संरचना काशमीरको लागी उच्चित अवस्था भएको स्विकार्य गर्नथालेको छन । उपत्याकाका जनता टूरिजÞ्म र दोश्रो आर्थिक क्षेत्रहरुमा समावेशी विकासमा सहभागीहरु लागी परेका छन । बर्षौ देखि आतकबादको मार झेल्दै आएको सोझासाझा जनता अब त्यसबाट उन्मुक्ति पाउन मोदीको सबै पुनरउथ्थानका योजनाहरुमा होस्टेमा हौसे गर्दै अगाडि बढेका छन ।

जी २० को बैठकले दिएको आकांक्षापूर्ण, सम्ंपूर्ण हरित, समावेशी र पर्यावरण अनुकूल पर्यटनका मोडलहरुमा आधारित विकासका एक दृष्टिकोणलाई भविष्यको ठुलो मार्ग पथको रुपमा अनुसरण गर्न थलिएको छ । पाकिस्तानले जी २० बैठकको बिरोधमा विश्वभरि चलाएको बहिष्कार अभियान चलाएको थियो ।जसमा Þ चीन र तुर्किले मात्र यो प्रोपेगन्डामा साथै दिएका छन ।जसले गर्दा उनीहरुश्रीनगरमा भएको बैठकमा पनि सहभागी भएनन । पाकिस्तानले केहि स्थानीय अलगाववादिहरुको सहयोगबाट आफ्नो पुरानै संकीर्णपुर्ण सोच्चलाई बहाल गर्नश्रीनगरमाजी २० बैठकलाई असफल बनाउने आन्तकबादको सबै सुत्रहरु पनि लगाउदै आएको छ ।तर उसलाई असफलता र बदनामी बाहेक केहि उपलब्धी हासिल हुन सकेको छैन ।पाकिस्तान आफैले प्रायोजित गरेको आतंकवादिहरुले सीमावर्ती जिल्ला राजौरीमा एक आतंबादीं हमला गर्दै पांच भारतीय सैनिकहरुको हत्या गरेको थियो ।यो हमला पीपुल्स एन्टी–फासिस्ट फ्रंट नाम गरेको एउटा आतंकवादी संगठनले गरेको थियो ।जुन जैश–ए– मोहम्मदबाट संचालित हुदै आएको थियो ।यो संगठनले खुलेआम श्रीनगरमाजी २० आयोजन आफ् नो आउने टार्गेट भएको घोषणा समेत गरको थियो ।

पाकिस्तानले जी २०को श्रीनग बैठकको बिरोधमा वैश्विक स्तरमा बहिष्कारको असफल अभियान पनि चलाएको थियो । त्यसमा उसलाई मात्रÞ चीन र तुर्किले यो प्रोपगन्डामा फसेका थिए र उनीहरुले मात्र श्रीनगरमा आयोजित बैठकमासहभागी भएनन । तर यसबाहेक कश्मीर उपत्यकाका अधिकांस नागरिक अप्रत्यासित खुसि देखिएकाथिए । उनीहरुका लागी ति डब्लु जी को बैठक विश्वका सबै धनी मुलुकहरुका लागी यो क्षेत्रको पुरा प्राकृतिक सम्पदा र पर्यटनको सम्भावना देखाउने यो सुर्वण समय थियो ।सन् २०१९ पछि कश्मीर उपत्यकामा टूरिजÞ्म सेक्टरमाअप्रत्यासित प्रगती भएको छ ।त्यहाको टुरिजम बोर्डको डाटा हेर्ने हो भने,खुलेर खर्च गर्न आउने पर्यटकहरुको सख्याको बढ़ोतरी गुनात्मक रुपमा भइरहेको छ । जी २०को बैठक सकारात्मकताको सामान्य माहौललाई बढाएको छ । अति आवश्यकिय आर्थिक अवसरहरुको निर्माण गरिनुका साथै भारतका सबै क्षेत्रसंग यहाका युवाहरुलाई वैचारिक एकिकरणमा अगाडि बढने सुर्वण अवसर समेत प्रदान गर्ने प्रबलआशा सिर्जना भएको छ ।

Comment


Related News

Latest News

Trending News