अपडेट 
२०८० असार १५, शुक्रबार ०७:२९

जनकपुरधाम उपमहानगरपालिकाभित्र सुर्तीजन्य पदार्थ बिक्रि वितरण नगर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले संयुक्तरुपमा सुर्तीजन्य पदार्थ र गुटखा बिक्री वितरण बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा मेयर साहले सुर्ती सेवनले क्यान्सर जस्ता रोग लाग्ने बताउँदै यसबाट बच्न जनचेतनाको खाँचो रहेको बताए । उनले भने, ‘अभिभावकले पनि यसतर्फ ध्यान दिनुपर्छ । अहिले चुरोट सेवन गर्नेहरुको पनि बढोत्तरी भइरहेको छ ।’

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले युवाहरु चुरोट सुर्तीसँगै नशीलो ट्याब्लेट र सुईको अन्धाधुन्ध प्रयोग गर्दै आइरहेको बताउँदै भारतबाट सीमावर्ती शहरमा ल्याएर सेवन गर्दै आएकोले यसको रोकथामका लागि कडाईमा बढोत्तरी गर्नुपर्ने बताए । नागरिक समाज जनकपुरधामका अध्यक्ष मुरली मनोहर मिश्रले मेयर साह र प्रमुख जिल्ला अधिकारी दाहाललाई शिक्षा सुधारका लागि ज्ञापनपत्र पनि हस्तान्तरण गरेका थिए । सुर्तीजन्य पदार्थ र गुटखा अस्पताल, शिक्षालय, देवालयको २०० मिटरभित्र बिक्री वितरण बन्द गर्नका लागि मिश्रको नेतृत्वमा क्याम्पस चोकदेखि रा.रा.व क्याम्पसको गेटसम्म जनचेतना अभियान सञ्चालन गरिएको थियो ।

कार्यक्रममा रा.रा.ब. क्याम्पसका स्ववियु सभापति मनिष यादव, नेविसंघ धनुषाका सभापति सुजित कुमार यादव, अमरकुमार साह, मनोजकुमार चौधरी, शम्भुनाथ झा, नन्दकिशोर ठाकुर, सोनु झा, उमेशकुमारलगायतकाहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News