अपडेट 
२०८० असार १५, शुक्रबार ०७:३२

जनकपुरधाममा प्रथम रामवृक्ष यादव स्मृति राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न भएको छ ।

बिहीबार ६ वटा तौल समूहमा प्रतियोगिताको ‘च्याम्पियन’ घोषणा गरिएको छ । प्रतियोगितामा प्रदेशको टिमभन्दा अब्बल विभागीय टिम देखिएका छन् । ६ वटा तौल समूह मध्ये चार तौल समूहमा विभागीय टिम नै पकड बनाएका थिए । महिला र पुरुष तीन/तीन वटा तौल समूहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी कुल दश टिम सहभागी भएका थिए । ५३ केजी तौल समूहमा महिलातर्फ नेपाल प्रहरीकी मनिषा सिंह प्रथम भएको स्कोर सञ्जय कुमार यादवले जानकारी दिए । उनका अनुसार यस तौल समूहमा सशस्त्र प्रहरीकी अम्किा भण्डारी दोस्रो र मधेश प्रदेशको मधु पटेल तेस्रो स्थान हासिल गरिन् ।

महिलातर्फ ५९ केजी तौल समूहमा सशस्त्र प्रहरीकी कलावती भट्ट प्रथम भइन् । नेपाली सेनाकी लक्ष्मी तमाङ दोस्रो र कोशी प्रदेशकी किरण कुमारी यादव तेस्रो स्थान प्राप्त गरिन् । महिलातर्फकै ७२ केजी तौल समूहमा नेपाली सेनाकी रचना श्रेष्ठ प्रथम भइन् । मधेश प्रदेशकी निलम पटेल दोस्रो र सशस्त्र प्रहरीकी हेमा भट्ट तेस्रो भइन् ।

यस्तै, पुरुषतर्फ ६१ केजी तौल समूहमा वागमती प्रदेशका कुन्दन साह प्रथम, नेपाली सेनाका अमरेश कुमार यादव दोस्रो र मधेश प्रदेशका अमरेन्द्र कुमार यादव तेस्रो भएका छन् । पुरुषतर्फ नै ७० केजी तौल समूहमा मधेशका सुजित यादव प्रथम, मधेशकै अजित कुमार यादव दोस्रो र नेपाली सेनाका अर्जुन साह तेस्रो स्थान ल्याएका थिए ।

यस्तै, ९६ केजी तौल समूहमा नेपाली सेनाका रमेश गोतामे प्रथम, कर्णाली प्रदेशका बलराम प्रसाद यादव दोस्रो र नेपाल प्रहरीका त्रिलोकी प्रसाद यादव तेस्रो भएका थिए । विजेता खेलाडीहरुलाई मेडलसहित प्रमाणपत्र वितरण गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News