अपडेट 
२०८० असार १५, शुक्रबार ०७:३८

नेपाल इन्डो–नेपाल डाक्टर्स फोरमको विधान र उद्देश्यको लोकार्पण यही असार १६ गते शनिबार हुने भएको छ ।

कार्यक्रममा भाजपाका वरिष्ठ नेता तथा मुजफ्फरपुरका सांसद अजय निषाद र नेपालका पूर्व उपप्रधानमन्त्री तथा जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा लोकार्पण गर्ने कार्यक्रम रहेको छ । नेपाल डाक्टर्स फोरमका अध्यक्ष डा.पीके ठाकुरले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका छन् । कार्यक्रममा दुबै देशका प्रतिष्ठान र डाक्टरहरु एकअर्कासँग औषधिको नयाँ आयामबारे आदानप्रदानसमेत गर्ने जनाइएको छ ।

कार्यक्रममा आइएमएका पूर्व अध्यक्ष डा.सहजानन्द प्रसादको पनि उपस्थिति रहनेछ । पत्रकार सम्मेलनमा इन्डो–नेपाल डाक्टर्स फोरमका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News