अपडेट 
२०८० असार १६, शनिबार ०९:२७

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । घाइतेको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

महाराष्ट्रको बुलढानास्थित यवतमालबाट पुणे जाँदै गरेको बस गए राति दुर्घटनामा परेको हो । 

प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा भीषण आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए ।

बसका चालकका अनुसार अचानक बसको टायर पड्के पछि बस पल्टिएको र आगलागी भएको बताए ।

प्रत्यक्षदर्शीहरूले नागपुरबाट औरंगाबाद जाने बाटोमा दायाँ पट्टि रहेको फलामको पोलमा बस ठोक्किएको बताए । सो क्रममा बस सडकको बीचमा बनेको कंक्रीट डिभाइडरसँग ठोक्किएर पल्टिएको थियो ।

यसरी पल्टिएको बसले जमिनमा ढोका थिचेका कारण सो  ढोका खोल्न नसकेर यात्रुहरुको बसभित्रै जलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

डिजेल चुहावटका कारण बसमा आगलागी भएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News