अपडेट 
२०८० असार १८, सोमबार १३:३०

नेपाल एसीसी यू–१६ इस्ट जाेन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेकाे हाे ।

नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे सिङ्गापुर ३१ ओभर ३ बलमा ८७ रनमा अलआउट भयाे । सिङ्गापुरका राेशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए । बलिङतर्फ नेपालका कार्तिक कामतले ३ तथा सन्ताेष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतीक पोखरेलले १/१ विकेट लिए ।

यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका सूर्यांशु काेइरालाले ४३ र निरजकुमार यादवले ४२, अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले नटआउट १२, प्रतीक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए ।

नेपालले अब भाेलि मङ्गलबार उपाधिका लागि मलेसियासँग खेल्नेछ । मलेसियाले अर्को सेमिफाइनल खेलमा हङकङलाई ७८ रनले हराउँदै फाइनल प्रवेश गरेकाे हाे ।

Comment


Related News

Latest News

Trending News