अपडेट 
२०८० असार १९, मंगलवार १८:२५

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपका लागि बाटो खुल्ला गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद थप गर्न सहमति दिएको हो । कानून तथा संसदीय मामिला मन्त्रालयको सिफारिसमा पुस मसान्तसम्म म्याद थप्नका लागि बाधा अड्काउ फुकुवाको आदेश जारी गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, सरकारले निजामती सेवाको राजपत्रांकित विशिष्ठ श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गरेको छ ।

Comment


Related News

Latest News

Trending News