अपडेट 
२०८० असार २४, आईतवार १५:३४

मिटरव्याज विरुद्धको कानून पारित गराउनुपर्ने भन्दै मिटरव्याज विरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।

यसअघि सरकारले ल्याएको मिटरव्याज सम्बन्धी कानून निष्किृय भएपनि संघर्ष समितिले छिटो उक्त कानून अघि बढाउन र पारित गर्नुपर्ने भन्दै काठमाडौंको माइतिघरदेखि बानेश्वरमा प्रदर्शन गरेको हो । उनीहरुले संघर्ष समितिसंग सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले मिटरव्याज सम्बन्धी कानून तत्काल पारित गर, दलाल पूँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरव्याज तत्काल अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले नियोजित रुपमा यससम्बन्धी कानूनलाइ निष्कृय पारेको भन्दै आफुहरुले न्याय नपाएसम्म घर नफर्किने जनाएका छन् ।

 

Comment


Related News

Latest News

Trending News