अपडेट 
२०८० असार २५, सोमबार १२:१२

आजका लागि बोलाइएको संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बिहान ११ बजेर १ मिनेटमा संसद भवन नयाँबानेश्वरमा बस्ने भनिएको बैठक भोलि सोही समयमा बस्ने गरी सारिएको छ । 

विशेष कारणवश बैठकको समय सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।

संघीय संसद सचिवालयले  आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल हुने कार्यसूची तय गरेको थियो ।

Comment


Related News

Latest News

Trending News