अपडेट 
२०८० असार २६, मंगलवार ०७:४४

राष्ट्रिय एकता अभियानको वर्तमान कमिटी विघटन भइ निर्वतमान अध्यक्ष विनय यादवको संयोजकत्वमा ३७ सदस्यीय राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समिति गठन भएको छ ।

हिन्दू धर्म र राष्ट्रियताको पक्षमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको अभियानले सम्पन्न गरेको संस्थापक एवम् प्रमुख अभियन्ताहरुको वैठकले सम्मेलन आयोजक समिति गठन गरेको छ । समितिको महासचिवमा डा. प्रभात कुमार कुशवाहा रहेका छन्। बतिसपुतलीमा सम्पन्न भएको वैठकले अभियानलाई राजनीतिक संगठनको रूप परिवर्तन गर्ने निस्कर्षसहित हालको केन्द्रीय तहको अनौपचारिक संरचना विघटन गर्ने निर्णय गरेको छ ।

औपचारिक केन्द्रीय समिति गठनका लागि अभियानका साधारण सदस्यहरूलगायत सबै सदस्यहरूको सहभागितामा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ। ६ महिनाभित्र सम्मेलन आयोजना गर्ने र परिस्थितिजन्य कारणले आवश्यक परे ३ महिनासम्म मिति सार्न सकिने जनाइएको छ । सम्मेलनको मिति र स्थान आयोजन समितिले तोक्नेछ। अभियानको अवधारणापत्रको आधारमा संगठनको विधान तथा नियमावली तयार गर्नका संविधानसभा सदस्य वीपि यादवको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा उप–समिति गठन गरिएको छ ।

बैठकले अभियानको स्थापनामा विशेष भूमिका निर्वाह गरेका विनय यादव, निवर्तमान उपाध्यक्ष सुनिता साह तथा मुख्य अभियन्ताहरु मनिष पुर्वे,विवेक कुशवाहा, कृष्ण साह, बोधनारायण यादवलगायतलाई विशेष सम्मान दिने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News