अपडेट 
२०८० असार २६, मंगलवार ०७:४७

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई प्रदेशको कामकाजी भाषा सम्बन्धमा स्मरणपत्र बुझाइएको छ ।

मैथिली भाषालाई कामकाजी भाषा बनाउन माग गर्दै मैथिली भाषा क्षेत्रमा काम गर्ने संस्थाका पदाधिकारीहरुले सोमबार संयुक्त रुपमा स्मरणपत्र बुझाएका छन् । यसअघि पूर्व मुख्यमन्त्री लालबाबु राउतलाई पनि ज्ञापनपत्र, सुझावपत्र, ध्यानाकर्षणपत्र बुझाइएको थियो । कामकाजी भाषा कार्यान्वयन गर्न भाषा आयोग र केन्द्रीय संस्कृति मन्त्रालयको सिफारिस आएको एक वर्ष वितिसके पनि प्रदेश सरकारले वेवास्ता गर्दै आएको आरोप लगाइएको छ ।

तत्काल मैथिली भाषालाई कामकाजी भाषा घोषणा गर्न माग गरिएको छ । माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ । मैथिली साहित्यकार सभाको सभापाल प्रेम विदेह ललनको नेतृत्वमा स्मरणपत्र बुझाइएको छ । उक्त स्मरणपत्रलाई बोधार्थ मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, प्रदेश सभा सचिवालय, मधेश प्रज्ञा प्रतिष्ठानलाई बोधार्थ गरिएको छ ।

Comment


Related News

Latest News

Trending News