अपडेट 
२०८० असार २८, बिहीबार १५:०४

जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध सङ्घीय कानुन व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आगामी साउनमा हुनेभएको छ । एसोसिएसनमा आबद्ध देशैभरीका करिब डेढ सय कानुन व्यवसायीहरू राष्ट्रिय सम्मेलनमा सहभागी हुने बताइएको छ ।

सम्मेलन आगामी साउन ५ र ६ गते काठमाडौँको बूढानीलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना हुन लागेको सङ्घीय कानुन व्यवसायी एसोसिएसनका राष्ट्रिय अध्यक्ष अधिवक्ता दीपक राईले जानकारी दिनुभयो ।

सम्मेलनलाई जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन समेत गठन गर्ने निर्णय भइसकेको उहाँले जानकारी दिनुभयो ।

कानुन व्यवसायीहरूको यो सङ्गठन पार्टीमा बौद्धिक पेसाकर्मी महासङ्घ अन्तर्गतको मुख्य घटक सङ्गठनका रुपमा सक्रिय छ । रासस

Comment


Related News

Latest News

Trending News