अपडेट 
२०८० असार २९, शुक्रबार ०७:४८

धनुषाको बटेश्वर गाउँपालिकामा कित्ताकाट सुरु भएको छ । बिहीबार गाउँपालिकाले जग्गा वर्गीकरण गरेसँगै कित्ताकाट सुरु भएको छ ।

मालपोत तथा नापी कार्यालय धनुषालाई भू–उपयोग योजना कित्ताकाट विवरणसमेत हस्तान्तरण गरिएको छ । पालिकामा तीन हजार एक सय ६३ दशमलव ६ सय २४ हेक्टर कुल जमिन रहेको छ । जसमध्ये सबैभन्दा बढी कृषियोग्य ८३ प्रतिशत जमिन छन् भने करीब आठ प्रतिशत जग्गा आवासीय रहेको छ । कित्ताकाट सुरु भएपछि समस्या समाधान हुने विश्वास गरिएको छ । धेरैभन्दा धेरै जग्गा व्यवस्थित बनाइ उपभोग गर्ने बताइएको छ । मापदण्ड अनुसार भएको वर्गीकरणले कुनै प्रकारको असर नपर्ने भएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News