२०८० असार ३०, शनिबार १२:४०

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाले कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाब सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ।

वर्षाका कारण सुनकोशी, नारायणी, सेती, कालिगण्डकी, महाकाली, पश्चिम राप्ती नदीमा पानीको बहाब उल्लेख्य बढ्ने सम्भावना महाशाखाले जानकारी दिएको छ।

त्यस्तै स्याङ्जा, कास्की, तनहुँ, नवलपरासी वर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्तापूर्व, रूपन्देही, पाल्पा, अर्घाखाँची, प्यूठान, गुल्मी र आसपास भइ बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने र केहीमा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान् छ।

महाशाखाले पाँचथर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, गोरखा, लमजुङ, कपिलवस्तु, दाङ, रोल्पा, बाँके, बर्दीया, बझाङ, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान् गरेको छ।

Comment

Related News

Latest News

Trending News