अपडेट 
२०८० असार ३१, आईतवार १५:२०

सोमबारका लागि बोलाइएको राष्ट्रियसभा  बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

बैठक बस्नेबारे अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News