अपडेट 
२०८० असार ३१, आईतवार १५:२२

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रमाणीकरण गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरेर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर पठाएको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले आइतबार प्रमाणीकरण गरेका हुन् । 

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि भोलि १ साउन अर्थात् सोमबारदेखि बजेट कार्यान्वयन हुनेछ ।

 

 

 

Comment


Related News

Latest News

Trending News