अपडेट 
२०८० श्रावण १, सोमबार ०७:२१

मधेश प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुखको कार्यालयले अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य भएको प्रदेशसभामा जानकारी गराइएको छ । उक्त पत्र प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलले पढेर सुनाएका थिए ।

गत असार ३१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले पहिलो अधिवेशन अन्त्य गर्ने निर्णय गरी प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए । ०७९ पुस १५ गते सांसदहरुले शपथ ग्रहण गरेका थिए । त्यसको तीन दिनपछि प्रदेशसभाको पहिलो बैठक बसेको थियो । यस अविधेशनमा ३६ वटा बैठक बसेको थियो । ६१ घण्टा प्रदेशसभा बैठक सञ्चालन भएको मधेश प्रदेश सभाका सचिव रञ्जित कुमार यादवले जनाए ।

यस अवधिमा सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री सरोज कुमार यादवले दुई पटक विश्वासको मत लिएका थिए । प्रदेशमा पर्याप्त कानुन बनाउन आवश्यक रहे पनि सरकारले बिधेयक बनाएर प्रदेश सभामा पठाउन सकिरहेको छैन् । विजनेश नै नभएपछि प्रदेश सभाको बैठक लामो समय रोकिने गरिएको छ ।

प्रदेश सभाले सशर्त अनुदान, समपुरक अनुदान, रकमान्तरलगायतका विषयहरुको छानबिन गर्न संसदीय समिति बनाएको छ । समितिले दुई महिना भित्र छानबिन गरी प्रदेश सभामा प्रतिवेदन पेश गर्नुपर्ने समायवधि तोकिएको छ । यस अवधिमा सात वटा विधेयक सभामा दर्ता भएको थियो । जसमध्ये दुई वटा विधेयक प्रमाणीकरण भएको छ । एउटा विधेयक पारित भएर प्रदेशप्रमुखको कार्यालयमा छ । चार वटा विधेयक दफाबार छलफलको लागि विषयगत समितिमा पठाइएको छ ।

Comment


Related News

Latest News

Trending News