अपडेट 
२०८० श्रावण २, मंगलवार ०५:०६

मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को सचिवमा आएका एकजना सहसचिव कामै नगरी फर्किएपछि गाली गर्न थालेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा सरुवा भएका भीष्म कुमार भुसालले ३ महिनामा फर्किएपछि प्रदेशलाई गाली गर्न थालेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेको एउटा स्टेटसमा भनेका छन् ‘मधेश प्रदेश पो हो त’ । उनले आफू भन्दा कनिष्ठलाई प्रदेशको निमित्त प्रमुख सचिव बनाएकोमा बढी आक्रोशित देखिएका छन् । माघ महिनामा सरुवा भएका भुसालले मधेश प्रदेशमा आउने चाहेका थिएनन् । तर संघीय मन्त्रालयको दवावमा हाजिर भएर कामै नगरी संघीय राजधानी फर्केका थिए । मधेश प्रदेशमा विकास गर्नु हुँदैन् भने उनको भित्री मनसाय रहेको र एकदिन कर्मचारीहरुको बीच नै उनले त्यो धारणा अभिव्यक्त गरेका थिए । प्रदेशमा सिनियर सचिव रहेकाले प्रदेश प्रमुख सचिवमा निमित्त दिनुपर्ने दाबी गरेका भुसालका लागि उनको मुख नै घाँडो बन्यो । मधेश प्रतिको पूर्वाग्रही धारणाले उनलाई निमित्त प्रदेश सचिव बन्न सहज हुन सकेन् । संघीय सरकारको नीति निर्देशन विपरीत क्रियाकलाप गरेका भुसाल आर्थिक चलखेल गर्न सक्ने स्थानको खोजीमा रहेका छन् । उनी कुनै पनि निकायमा वर्ष दिन टिकेका छैनन् । उनले समाजिक सञ्जालमा लेखेको ‘मधेश प्रदेश पो हो त’स्टेटसका लागि व्यापक आलोचना भइरहेको छ । ‘मधेश प्रदेशप्रतिको उनको भित्री नकारात्मक धारणा बाहिरिएको छ’अधिकारकर्मी रिन्कु यादवले भनिन्, मधेशप्रति अझै केही अधिकारीहरुको धारणा बदलिएको छैन् ।

Comment


Related News

Latest News

Trending News