अपडेट 
२०८० श्रावण ४, बिहीबार ०८:०९

वीरगञ्ज महानगरपालिकाको नाम लिएर छात्रवृत्ति दिलाइ दिने भन्दै ठगी गर्ने एक जनालाई महानगरका मेयर राजेशमान सिंहले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नं. ५ स्थित सञ्चालित मोदी इन्स्टिच्युट एंड ट्रेनिङ्ग सेन्टरका सञ्चालक राहुल मोदीलाई मेयर सिंहले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । मोदीले महानगरपालिकाको सिफारिसमा छात्रवृत्ति दिलाइदिने भन्दै विद्यार्थीहरुलाई ठगेको गुनासो आएपछि मेयर सिंहले उनलाई आफ्नो कार्यकक्षमा झिकाएर सोधपुछ गरी थप कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका छन् । इन्स्टीच्युटका सञ्चालक मोदीले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुको लागि वीरगञ्ज महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्तिको परीक्षामा पास गराइदिने प्रलोभन दिएर विद्यार्थीहरुबाट झण्डै एक लाख रुपैयाँ माग्दै गरेको गुनासो आएको थियो ।

छात्रवृत्तिका लागि महानगरको शैक्षिक महाशाखालाई ५० हजार, विद्यार्थीले रोजेको विद्यालयलाई ३० हजार र आफूले २० हजार लिने गरी प्रत्येक विद्यार्थीहरुसँग एक/एक लाख रुपैयाँ माग्ने गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । त्यसपछि वीरगञ्ज महाागरका मेयर सिंहले मोदीलाई आफ्नो कार्यालयमा झिकाइ सोधपुछ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको मेयर सिंहको सचिवालयले जनाएको छ । यसैबीच, इन्स्टिच्युटलाई वीरगंज महानगरपालिकाले सिल गरेको छ । इन्स्टिच्युटले आवश्यक सम्पूर्ण अनुमतिहरू नलिएको पाएपछि सिल गरिएको वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।

इन्सिटच्युटका सञ्चालक राहुलकुमार मोदीले महानगरपालिकाले लिने छात्रवृत्ति परीक्षामा पास गराइदिन्छु भन्दै विद्यार्थीहरूसँग पैसा मागेको खुलेपछि उनलाई झिकाएर वीरगंजका मेयर सिंहले केरकार गरेका थिए । केरकार गर्ने क्रममा उनीसँग इन्स्टिच्युट सञ्चालन गर्न आवश्यक कागजातसमेत नरहेको पाएपछि सिल गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख कर्णले बताए ।

Comment


Related News

Latest News

Trending News