![](https://ejanakpurtoday.com/wp-content/uploads/2023/07/IMG-20230723-WA0016.jpg)
धनुषाको शहीदनगर नगरपालिकाको नेकपा एमालेका नगर कमिटी अध्यक्ष सिंहेश्वर यादवले पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
आइतबार नगर कमिटीका अध्यक्ष यादवलाई एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन् । पार्टी अध्यक्ष नेपालले यादवलाई गमछा औढाइ र टिका लगाइ पार्टी प्रवेश गराएका थिए ।