अपडेट 
२०८० श्रावण ९, मंगलवार ०७:१९

नेपाली कांग्रेसका प्रभावशाली महिला नेत्री पार्टीका सभापति शेरवहादुर देउवाका श्रीमती आरजु राणा धनुषाका विभिन्न कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगे पनि नेता विमलेन्द्र निधि र सह–महामन्त्री महेन्द्र यादव भने अनुपस्थित देखिएका छन् ।

यस भन्दा पहिला आरजु जनकपुरधाम छठ पर्वका अवसरमा आउँदा नेता निधिले जनकपुरधाम विमान स्थलमा स्वागत गर्न पुगेका थिए भने सह–महामन्त्री यादव उनीसंगै पूरा समय थिए । तर, सोमबार उनी दुबै जना अनुपस्थित मात्रै नभइ दुबैका पक्षधर नेता कार्यकर्तासमेत उनीसंग नभएपछि यसलाई चासोका साथ लिइएको छ । निधिको सम्बन्ध देउवा संग सुमधुर रहे पनि आरजुसंग हुन नसक्दा देउवाले पनि पहिलेको जति विश्वास नगर्दा आरजुबाट निधि असन्तुष्ट छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा सह–महामन्त्री यादव असन्तुष्ट रहेको स्रोतको दाबी छ । पार्टी सभापति देउवा आरजुको कुरा बढी बुझेको तर पार्टीका नेताहरुलाई बुझ्नसमेत नचाहेको भन्दै दुबै नेता असन्तुष्ट भएपछि आरजु धनुषामा दुई चार नेता कार्यकर्ताका साथ देखिएका थिए ।

कांग्रेस नेता निधिले पार्टी सभापति देउवा विरुद्ध महाधिवेशनमा उम्मेदवारी दिएपछि देउवा र निधिको बीचमा मनमुटाव बढेको र उनलाई काउन्टर दिनका लागि पूर्व गृहमन्त्री खाँणलाई परिचालन गरी निधिलाई गृह जिल्लामै कमजोर पारेका थिए । उनका विश्वासपात्र मानिने सह–महामन्त्री यादव देउवा खेमामा पुगे भने प्रदेशमा समेत रामसरोज यादव निधिसंग भए पनि देउवा गुटमै देखिएका थिए ।

Comment


Related News

Latest News

Trending News