अपडेट 
२०८० श्रावण ९, मंगलवार १२:२२

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज सुन तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसपछि लगातार घटेको थियो ।

आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News